

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ ।
गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ भने १०१ कम्पनीमा ओरालो लागेको छ । साथै ७ कम्पनी स्थिर रहेको छ । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। एनआईसी एशिया बैंकको ५ करोड ८५ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकहरुको मूल्यमा उकालो लागेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |