मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात गरी ३४ बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ बालिकालाई प्रदान गरिएको हो ।
समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकालाई रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई जना, संवत थापाले दुई र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |