प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |