सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए ।
विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा (साउनदेखि माघसम्म) विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ ।
आठवटा मुद्दाका १८ जना आरोपीसँग ५ अर्ब बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको महानिर्देशक अधिकारीले जानकारी दिए । विभागमा राजस्व छली गरेर तथा अन्य अपराधिक क्रियाकलाप गरेर सम्पत्ति आर्जन गर्ने र त्यसरी आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यससम्बन्धी कसुरमा उजुरी पर्ने क्रम बढेको छ ।
लागूऔषध, ठगी तथा संगठित अपराध, तस्करी, विदेशी विनियम अपचलन, हुन्डी अपराधलगायतबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्नेविरुद्ध उजुरी पर्ने क्रम बढेको विभागले जनाएको छ ।-राजधानी दैनिक
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |