

चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/’७९ को माघसम्ममा चालु खाता रू चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रू एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी रू एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रू १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |