चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो । सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो ।
यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको सेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो । बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो । सोही दिन कारोबार रकम भने घटेको थियो ।
गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीनदिनदेखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |