

नेपाली बजारमा बुधबार सुनको भाउ अकाशीएको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेकाे छ ।
यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |