

धादिङ,२८ चैत।
चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह बढेको छ । ने
पाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ ।
फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।
चालु आवको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४ दशमवल तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |