

धादिङ,१४ बैशाख ।
दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला आजदेखी सुरु हुदैँ छ ।
जिल्ला होटल संघ धादिङको आयोजना,चरौँदी समाज सुधार युवा क्लबको सहआयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा आजदेखी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.७ चरौँदी बजारमा चरौदि कृषि तथा पर्यटन मेला हुने भएको हो ।
मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलाल (शरद)ले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवालले जानकारी दिनुभयो ।
मेलामा धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने मेलामा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, निशुल्क स्वास्थ्य शिविर,औद्योगिक उपकरणहरु, त्रिशुलीमा ¥याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी लगायत प्रदशन रहने अध्यक्ष सिलवालले बताउनुभयो ।
मेलामा बिभिन्न समुदाय को झाकीँ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ भने मेलामा बाल मैत्री देखी कृषि पर्यटनलाई मुख्य आकर्षक केन्द्र रहने सिलवालले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा चरौदीले बैशाख १६ गते बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।मेला बैशाख २४ गतेसम्म सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |