

धादिङ,१५ बैशाख।
नेशनल माइक्रोफाइनान्सको नवौँ साधारणसभा सम्पन्न भएको छ ।
धादिङबेशीमा केन्द्रिय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शुक्रवार धादिङबेशीस्थित क्रिक रिसोर्टमा नवौँ साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६ रुपैयाँ बराबरको बोनश शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता शेयर पूँजी ६७ करोड ४६ लाख ७६ हजार पुगेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु तथा आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति एवम निजको पारिश्रमिक निर्धारण समेत छलफल गरी पारित गरेको छ ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेशनल माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद आचार्यले लघुवित्त माथिको वित्तीय अराजकता बन्द गर्न आग्रह गर्नुभएको छ ।
उहाँले लघुवित्त माथि अहिले ठुला व्यवसायीको उस्काहटमा आन्दोलन भएको भन्दै हल्लाको पछाडि नलाग्न लघुवित्त ऋणीलाई अनुरोध गर्नुभयो । ऋण लगेपछि तिर्नुपर्ने भन्दै उहाँले समयमै तिर्नुपर्ने पनि बताउनुभयो ।
सञ्चालक समिति अध्यक्ष आचार्यको अध्यक्षतामा भएको साधारण सभामा बिभिन्न जिल्लामा रहेको शाखा सञ्चालक, शाखा प्रमुख तथा लघुवित्त ऋणी लगायतको उपस्थिति रहेको थियो।
कम्पनीले हाल देशका ७ वटै प्रदेशको ६४ जिल्लाहरुमा रहेका १०१ शाखा कार्यालयहरु मार्फत करीब १ लाख ५० हजार ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले हालसम्म रू.११ अर्व ४२ करोड ७ लाख कर्जा लगानी गरी रू. ३ अर्ब २४ करोड ६३ लाख ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ । कम्पनीको हाल देशभर ७८ हजार ७४२ जना ऋणी संख्या रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |