

धादिङ,३१ बैशाख ।
सदरमुकाम धादिङबेशीमा भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सवबाट रु २३ लाख सङ्कलन भएको छ ।
उत्तम फाउन्डेसनको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षणमा नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा आयोजित महायज्ञमा उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा साढे १३ लाख खर्च भएको आयोजक समितिले जानकारी दिएको छ ।
धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम निर्माण सहयोगार्थ एवम् पितृउद्धारार्थ कामनाको उद्देश्यले वैशाख २३ देखि ३१ गतेसम्म आयोजना गरिएको महायज्ञमा भक्तजनको उत्साहप्रद उपस्थिति भएको आयोजकले जनाएको छ ।
यस महायज्ञमा संकल्पकर्ता बालतपस्वी उत्तम भट्ट महाराजले कथावाचन गर्नुभएको थियो ।साथै महायज्ञमा तुलादान गर्ने, सवा लाख बत्ति बाल्ने, पितृको फोटो राख्ने, संस्थाको आजिवन अभिभावक मानार्थ सदस्य बन्नेलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
महायज्ञको वैशाख २३ गते नीलकण्ठ नगरपालिकाकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |