

काठमाडौं,०४ ज्येष्ठ ।
स्वस्तिक रोलिङ मिल्सले सुनसरीको इटहरी र मोरङ्गको बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २९ गते सुनसरीको इटहरीमा र जेठ ३ गते बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको हो ।
‘कन्ट्रयाक्टर मिट’ कार्यक्रममा दुवै स्थानमा गरी एक सय ७० जना निर्माण व्यवसायीको सहभागिता थियो ।कार्यक्रममा उद्योगका महाप्रबन्धक रमण आचार्यले स्वस्तिक रोलिङबाट उत्पादित फलामे डन्डीका प्रकार, गुणस्तर र प्रयोगका बारेमा जानकारी दिएका थिए ।
महाप्रबन्धक आचार्यले अहिले नेपालमा देखिएका सबै फलामे डन्डीभन्दा स्वस्तिकका डन्डीहरू बढी गुणस्तरीय भएको बताए ।इन्जिनियर कृष्ण पोखरेलले कस्ता प्रकारका डन्डीको प्रयोग गर्नुपर्छ भन्ने विषयमा प्रकाश पारे।इन्जिनियर पोखरेलले प्राविधिक मापदण्डअनुसार फलामे डन्डीको प्रयोग कसरी गर्ने ? र के–के कुरामा ध्यान दिने भन्ने विषयमा पनि चर्चा गरेका थिए ।
उनले डन्डीको उत्पादन प्रक्रिया र प्राविधिक पक्षका बारेमा स्पष्ट पार्दै बजरङ्ग ब्रान्डका फलामे डन्डीहरू नै नेपालमा सबैभन्दा टिकाउ, गुणस्तरीय र भरपर्दो रहेको उल्लेख गरे ।
मुलुकमा पूर्वाधार र निर्माण–सामग्रीका उद्योगहरू थपिइरहेका छन् । यही क्रममा प्रदेश नम्बर १ को सुनसरी–मोरङ्ग औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा स्वस्तिक रोलिङ्ग मिल सञ्चालनमा आएको छ । उद्योगले हालै व्यावसायिक उत्पादन सुरु गरेको छ । स्वस्तिक रोलिङ्गमा २ अर्ब ५० करोडको लगानी छ ।
स्वस्तिक रोलिङ्गले बिलेटको पनि व्यावसायिक कारोवार गर्दछ । बिलेटबाट उद्योगले “बजरङ्ग” ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन गरिरहेको छ । एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।
स्वस्तिक रोलिङ्गको उत्पादन “बजरङ्ग” ब्रान्डको टीएमटी छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको छ । उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि उद्योगले व्यावसायिक उत्पादन गर्न थालेको हो । उद्योगले नेपाल सरकारले निर्धारण गरेको गुणस्तरको मापदण्डभित्र रहेर उत्पादन गरिरहेको छ ।
उद्योगको उत्पादन–क्षमता प्रति दिन ५०० टन छ ।उद्योगको सबैभन्दा बढी ध्यान टीएमटी उत्पादन र विक्री–वितरणमा छ । टीएमटीको रेस्पोन्स र प्रतिक्रिया सबैतिरबाट राम्रो आएको छ ।
उद्योगले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छडको छडको उत्पादन गर्दछ । यो उद्योग नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको हो । उद्योगले उत्पादन गरेको टीएमटी छडको ग्रिपिङ्ग उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्छ । “बजरङ्ग” ब्रान्डका टीएमटी छड अन्य ब्रान्डका टीएमटीको तुलनामा बढी लचकदार छन् ।
स्वस्तिक रोलिङ्ग मिलमा उत्पादित “बजरङ्ग” ब्रान्डको टीएमटी छडको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतल्ले भवन, पुलपुलेसा र सबै खाले प्रोजेक्टमा गरिँदै आएको छ ।
नेपालमा सहरीकरणको प्रक्रिया तीव्र छ । उद्योगको स्थापनाले पनि गति लिइरहेकै छ । पूर्वमा अरुण तेस्रो लगायत धेरै साना–ठुला जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको छ । ट्रान्समिसन लाइनको विस्तारले पनि व्यापकता पाएको छ । त्यसैले यस क्षेत्रमा टीएमटी छड, एङ्गल, च्यानल र आई बिम लगायतका निर्माण–सामग्रीका उद्योगको प्रशस्त उपादेयता छ ।
साथै २०७२ सालको भूकम्पपछि आधिकांशले घर बलियो बनाउन चाहेका छन् र सबैको चाहना गुणस्तरीय टीएमटी छड भएको छ । ग्राहकको यही खाँचो र चाहनाको पूरा गर्ने उद्योगको उद्देश्य हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |