

धादिङ,१२ ज्येष्ठ ।
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले धादिङसहित प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।घटेको भाडा अनुसार अब धादिङबेशी-काठमाडौंको भाडा २५९ कायम भएको छ ।
८७ किलोमिटर दुरी रहेको धादिङबेशी-काठमाडौंको भाडा यसअघि २०७९ साउन ४ गतेबाट २७० थियो ।हिजो बिहिबारबाट भाडादर २५९ कायम भएको हो।
काठमाडौं-गल्छीको भाडा १३९ कायम भएको छ । यसैगरी धादिङबेशी-नारायणगढको भाडा २९८ कायम भएको छ । ९७ किमि दुरी रहेको धादिङबेशी-नारायणगढको भाडा यसअघि २०७९ साउन ४ गतेबाट ३११ थियो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ ।
काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयले जनाएको छ । नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू भएको मन्त्रालयले जनाएको छ ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए। नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।
लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।तस्विर:धादिङबेशीबाट काठमाडौं चल्ने बस
अन्य कुन रुटको कति हेर्नुहोस् ?





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |