

धादिङ,३० जेठ।
धादिङको नीलकण्ठ नगरपालिकाका १४४ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
मंगलबार एक समारोहबीच नगरपालिकाले कक्षा ११,१२,डिप्लोमा, स्नातक र स्नाकोत्तरमा अध्ययनरत १४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।विद्यार्थीहरुलाई प्रतिव्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरिएको छ ।
८० हजार छात्रवृत्ति पाउनेमा एमबीबीएसका विद्यार्थी रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन्।त्यस्तै बीडीएसका विद्यार्थी बाबुराम वि.कले ४० हजार छात्रवृत्ति पाएका छन् भने प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा, प्रकाश विश्वकर्मा र सविता सिँजालीले २५ हजार छात्रवृत्ति पाएका छन् ।
कार्यक्रममा नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले शिक्षामा पूर्ण निःशुल्क नहुँदा सम्म छात्रवृत्तिलाई निरन्तरता दिने बताउनुभएको छ ।साथै उहाँले छात्रवृत्ति स्वरुप प्रदान गरिएको रकमको सहि सदुपयोग गर्न आग्रह गनुभयो ।
छात्रवृत्ति व्यवस्थापन समितिको जेठ २५ गतेको निर्णय अनुसार आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो।
छात्रवृत्ति पाउने विद्यार्थीको सूची




छात्रवृत्ति पाउने विद्यार्थीको सूची र तस्विर धादिङ पोष्टबाट लिएका हौँ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |