

धादिङ,०९ असार।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको गाउँ सभा स्थगित भएको छ ।
चालू आर्थिक वर्ष ०७९/०८० मा भएका खर्च र कार्यक्रमबारे विवाद भएपछि गाउँ सभा स्थगित भएको हो ।
गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङसहित १६ जना गाउँ सभा पदाधिकारीहरुले गाउँपालिकामा भएका कर्मचारी संख्या, कर्मचारी पारिश्रमिक, संचार महशुल, सवारी साधन मर्मत खर्च, ईन्धन खर्च, मसलन्द खर्च, पत्रपत्रिका छपाई सुचना प्रकाशन खर्च, सेवा तथा परामर्श खर्च, औषधी खरिद तथा स्वास्थ्य शाखाको खर्च लगायत १९ बुँदामा असहमति जनाएपछि गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले सूचना टाँस गरी गाउँ सभा स्थगित गरेका हुन् ।
अर्को निर्णय नभएसम्मको लागि गाउँसभा स्थगित गरिएको अध्यक्ष रिजालद्धारा जारी सूचनामा भनिएको छ।आ.व २०७९/०८० को बजेटमा विभिन्न विषयगत बजेट शिर्षक,सेवा परामर्शमा राखिएका शिर्षक तथा कार्यक्रमहरु र विविद खरिदमा के कत्ति खर्च भएको छ ? बजेट मौज्दातको अवस्था के छ ? सो विषयमा यथार्थ आर्थिक विवरण सार्वजनिक गर्न उपाध्यक्ष सीतामाया गुरुङ,वडा नं ३ का वडाअध्यक्ष सुरेश गुरुङ, वडा नं ४ का वडाअधयक्ष तिल बहादुर गुरुङ सहित १६ जना गाउँ सभा पदाधिकारीहरुले आग्रह गरेका छन्।
साथै आगामी आ.व.२०८०/०८१ मा कर्मचारी प्रशासन तर्फको चालु खर्च विभिन्न विषयगत बजेट र बजेट सिलिङ चित्त बूझ्दो रुपमा पेश गर्न, बजेटको खर्च सत्य तथ्य एवम आउने बर्षको प्रस्तावित बजेट यथार्थ परक र पारदर्शि नभएकोले कोलेनिकाबाट मान्यता प्राप्त लेखा परिक्षकबाट आन्तरिक लेखापरिक्षण गर्न पनि माग गरेका छन् ।
यथार्थ खर्च र बजेट विवरण नआउन्जेल आगामी बर्षको बजेट तथा गाउँ सभामा सहभागिता नरहने भन्दै १६ जनाले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरी गाउँपालिका अध्यक्ष मेघनाथ रिजाललाई बुझाएका छन्।
असहमति जनाएका १९ बुँदा :

असहमति जनाउने उपाध्यक्ष सीतामाया गुरुङसहित १६ जना गाउँ सभा पदाधिकारी :


गाउँपालिका अध्यक्ष मेघनाथ रिजालद्धारा जारी गाउँ सभा स्थगित सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |