

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधबार दोस्रोपटक बसेको बैठकले बजेट बहुमतले पारित गरेको हो ।
बजेट पारित हुनुपर्ने पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । तटस्थमा शून्य मत परेकाे छ ।
यसअघि बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरेका थिए । तर, एमालेले विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई नलागेकाले मतविभाजन गर्न माग गरेका थिए ।
गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |