

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै सार्वजनिक गाडीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो ।
सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो ।
बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।
नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियाे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |