

धादिङ,३२ श्रावण।
धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ ।
प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ ।
महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक सय तीन जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।
लाइन काटेपछि रु चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कालोसूचीमा परेका उपभोक्ताबाट रु ३७ लाख १२ हजार असुल गर्न बाँकी छ ।
धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० अमा एउटा ग्राहकको रकम उठाउन काठमाडाँै र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।
धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन ।
गत आवमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट रु १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उहाँले बताउनुभयो । अघिल्लो आवमा एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो।
गत आवमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी रु एक अर्ब दुई करोड रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।-रासस





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |