धादिङ,२५ भदौ।
धादिङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ ।आजदेखि सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको हो।
अनुगमनको पहिलोदिन आज पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट सुरु गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार आज १२ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई १५ हजार जरिवाना गरिएको र १५ हजार ३ सय रुपैँया बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले बेनिघाट रोराङ–९ ज्यामिरेमा रहेको मोहन किराना पसल, सोही ठाउँको पाण्डे किराना पसल र बेनिघाट रोराङ–९ लाल्टिन बजारमा रहेको श्याम खाजा घरलाई ५/५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।
जरिवाना गरिएको फर्ममा म्याद नाघेको बस्तु विक्रिको लागि राखेको,मुल्यसुची अद्यावधिक नभएको, नापतौल यन्त्र नविकरण नभएको, किचन सरसफाई नभएको तथा तोकिएको भन्दा बढि मुल्यमा सामान बिक्रि गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।बजार अनुगमनलाई अब निरन्तरता दिने उहाँको भनाई छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र वेनिघाट रोराङ गाउँपालिकाको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |