धादिङ–सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङको ठाँटीभञ्ज्याङमा शनिबार भएको साधारणसभामा कृषि सहकारी संघ बागमती प्रदेशका अध्यक्ष डिल्ली प्रसाद पाठकको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पाठकले नागरिकको आर्थिक विकासका लागि सहकारीको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताउनुभयो ।कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा साना किसान कृषि सहकारीहरुले ठूलो योगदान गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।
साधारणसभा सहकारीको प्रगती विवरण प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तिलक सिंखडाले आर्थिक बर्ष २०७९/८० मा ५ करोड २७ लाख ४२ हजार ६८४ आम्दानी, ४ करोड २ लाख ३६ हजार ७६२ खर्च र १ करोड २५ लाख ५ हजार ९२१ नाफा रहेको बताउनुभयो ।२ करोड ५५ लाख ४० हजार ७ सय कूल शेयरपूँजी रहेको सहकारीले १ करोड ९८ लाख ७८ हजार ४ सय ७८ रुपैंया साधारण जगेडाकोषमा जम्मा गरेको र कूल आन्तरिक पूँजी पन्ध्र करोड बयालिस लाख एक हजार नौ सय सन्ताउन्न रुपैया रहेको सिंखडाले बताउनुभयो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार १११ जना सदस्य, १ हजार ४०४ जना शेयर सदस्य ७०७ जना बाल सदस्य र २२५ वटा समुहहरु रहेको सहकारीकी प्रबन्धक अम्बिका सिलवालले जानकारी दिनुभयो ।आर्थिक बर्ष २०७९/८० मा संस्थाको शेयर सदस्यहरुसँग २९ करोड ३८ लाख ३० हजार ८०९ ऋण लगानी रहेको सिलवालले बताउनुभयो।
कार्यक्रममा २७७ जना असल ऋणी सदस्यलाई संस्थाको लोगो अंकित टिसर्ट वितरण गरिएको थियो भने सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने बिधार्थीलाई सम्मानगरिएको थियो ।
त्यस्तै उत्कृष्ट कृषक व्यवसायी ४ जना जसमा(मौरी,गाईभैसी, बाख्रा र कुखुरा पालनतर्फका १/१ जना)लाई प्रमाण पत्रसहित ३/३ हजार नगद, उत्कृष्ट बचतकर्ता अन्तरगत १ बालबचतकर्तालाई प्रमाण पत्रसहित ३ हजार नगद र ५ ओटा उत्कृष्ट अन्तरसमुहलाई प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
सहकारीका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्था तथा सहकारीका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |