

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् ।
पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे ।
उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए ।
कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए । उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पखार्ईमा रहेका छन् ।
कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ । आईपीओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ ।
कम्पनीको भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ ।
आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने कम्पनीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |