

धादिङ।भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चार वर्षे रणनीतिक योजना निर्माण भएको छ।
संस्थाले सिद्धलेक गाउँपालिका-२ स्थित नलाङमा शनिबार र आईतबार दुई दिने तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरी रणनीतिक योजना निर्माण गरेको संस्थाका महासचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशिक्षक अनिल विर बज्राचार्यले सहजीकरण गर्नु भएको गोष्ठीबाट “आर्थिक, सामाजिक तथा व्यवसायिक उन्नतिको लागि, पहिलो रोजाई भैरवी सहकारी’’परिकल्पना तयार पारेको श्रेष्ठले बताउनुभयो।
गोष्ठीमा भैरवी साकोसका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
२०५७ सालमा स्थापना भएको भैरवी सहकारीको ०८० असार सम्म २ हजार ४१८ जना शेयर सदस्य, ३,०२,१३,१०० शेयर पूँजी, १६,७६,६५,९४२ कर्जा लागानी र २५,७७,२६००१को कारोबार गरेकोमा, २०८४ सम्म शेयर सदस्यता ४ हजार २७१ जना, शेयर रकम पाँच करोड र बचतलाई समयानुकुल वृद्धि गर्नुका साथै चालिस करोडको कारोबार गर्ने लक्ष्य वनाएको संस्थाका महासचिव श्रेष्ठले बताउनुभयो ।
त्यस्तै शेयर सदस्यको गम्विर रोगको उपचार तथा दुरघटनाबाट घाईते भई अप्रेशन गराउनु परेको खण्डमा वढिमा रु. ३५००० सम्म भुक्तानी गर्न शेयर सदस्य उपचार कोषको व्यवस्था,पाँच प्रकारका वचतमा आकर्षक व्याज भुक्तानी र सात प्रकारका कर्जा लगानीमा सुलभ व्याजदर रहेको बताउनुभयो।
स्थापना कालदेखि हाल सम्म केहि शेयर सदस्यहरुले लगानीको सावाँ व्याज भुक्तानी नगरेको कारण संस्थाको खुद मनाफा, कर्जा जोखिम कोषमा छुट्याउनु परेकोले गत आवमा ७.२७ प्रतिशत मात्र वितरण गरिएको महासचिव श्रेष्ठको भनाई छ ।
यस वर्ष दोहोरो अंकको मुफाना वितरण गर्न अशुली तर्फ ध्यान दिनु पर्ने भएकोले जस्तोसुकै कदम चाल्नु परे पनि आफु पछि नहट्ने भन्दै कर्जा भुक्तानी नगर्ने सदस्यहरुलाई अध्यक्ष गणेशकुमार श्रेष्ठले चेतावनी दिनुभएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |