धादिङ । नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ कुमार तामाङले आफ्नो बुबाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको छ ।
तामाङले धादिङको गजुरी गाउँपालिका वडा नं ३ राक्सिङमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा स्व.बुद्धि वीर थिङ तामाङ स्मृति अक्षय कोष स्थापना गर्नुभएको हो ।
मंगलबार विद्यालयको ६३ औँ बार्षिकोत्सव तथा नेपाल भारत मैत्री भवन उद्घाटन समारोहमा स्व.बुबाको ९० औ दिनको पुन्य तिथिको अवसर पारेर दुई लाख पचास हजारको अक्षय कोष स्थापना गर्नुभएको हो ।
तामाङको आमा बिनुमायाले वडा नं ३ का वडाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिलाल श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको छ ।
बुबाको सम्झनामा आफूले कखरा चिनेको विद्यालयमै अक्षय कोष स्थापना गरिएको र उक्त रकमबाट गरिब तथा जेहेन्दार छात्रा/छात्रलाई अध्ययनका लागि सहयोग गरिने रेडक्रस सभापती तामाङले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |