

धादिङ । नवौं धादिङ महोत्सव सम्पन्न भएको छ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजना,गजुरी गाउँपालिकाको संरक्षक तथा बिभिन्न संघसस्था र स्थानिय तहहरुको प्रायोजनमा माघ १० गतेदेखी सुरु भएको महोत्सव आइतबार भव्य समारोहका बिच सम्पन्न भएको हो।
महोत्सवको संघिय सांसद रामनाथ अधिकारीले समापन गर्नुभएको हो ।
धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णु थपलियाको अध्यक्षता तथा सांसद अधिकारीको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख, बिभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि,बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै सांसद अधिकारीले उद्योग बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिदैँ जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको बताउनुभयो ।

यस्तै वाणिज्य संघका अध्यक्ष थपलियाले दर्शकको उत्साहजनक सहभागिताले सफलतापूर्वक सम्पन्न भएको भन्दै महोत्सवमा सहयोग गर्ने विभिन्न संघ संस्थालाई धन्यवाद दिनुभयो ।
१२ दिनसम्म गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा चलेको महोत्सवमा ५० हजारभन्दा बढि दर्शकहरुले अवलोकन गर्दा ४ करोड बढीको आर्थिक कारोबार भएको थपलियाले बागमती कलमलाई जानकारी दिनुभयो ।

महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माण गरिने उहाँको भनाई छ।
महोत्सवमा बिभिन्न साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य समग्रीहरू, मनोरञ्जनात्मक पिङ्गलगायत बिभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरु, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शनमा राखिएको थियो ।महोसत्वमा दुई सय ५० स्टल रहेका थिए ।
साथै महोत्सवमा घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ सञ्चालन गरिएको थियो भने स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
२०६४ सालबाट महोत्सव गर्न थालेको धादिङ उद्योग वाणिज्य संघले त्रिशुली किनारमा आयोजना गरिएको यो नवौं सस्करण हो भने गलौदीमा तेस्रो पटक हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |