धादिङ। धादिङमा बजार अनुगमनबाट झण्डै ८ लाख रुपैँया राजश्व संकलन गरिएको छ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म झण्डै ७ महिनाको अवधीमा जिल्लाको बिभिन्न स्थानमा रहेको होटल, रेष्टुरेन्ट, क्याफे, किराना तथा सप्लायर्स लगाएत बिभिन्न फर्महरुमा अनुगमन पछीको कारवाहीबाट ७ लाख ९० हजार राजश्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समितिका संयोजक हुमनाथ पराजुलीले जानकारी दिनुभयो।
जिल्लामा साउन यता २६ पटक बिभिन्न किराना, एग्रोभट, मेडिकल देखि होटल तथा कोल्डस्टोर लगायत १६८ फर्महरुमा अनुगमन गरिएको बताउनुभयो।
पराजुलीका अनुसार ६० वटा फर्मलाई पाँच हजारदेखि एक लाखसम्म जरिवाना गर्दा ७ लाख ९० हजार राजश्व संकलन भएको छ।
यस्तै अनुगमनका क्रममा दुइ लाख ३८ हजार बराबरको म्याद नाघेका र रङ हालिएका अखाद्यवस्तु जफत गरी नष्ट गरिएको पनि उहाँले बताउनुभयो ।
अखाद्य वस्तु विक्रि गर्ने र एमआरपी भन्दा बढी मूल्य असुल्ने व्यवसायीलाई हदैसम्मको गरिने उहाँको भनाई छ। filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |