धादिङ । नीलकण्ठ नगरपालिकाले छ महिनामा ३२ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म चालु खर्च ३७.२३ प्रतिशत र पुँजीगत खर्च २१.५५ गरी कुल खर्च ३२.४५ प्रतिशत देखिएको छ ।
आईतबार धादिङबेशीमा भएको नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनमा गत आ.व ०७९/८० आय र व्यय तथा चालु आ.वको संसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख दिपक विश्वकर्माले चालु आ.वको हालसम्म चालु तर्फ रहेको कुल बिनियोजित बजेट ८३ करोड १० लाख ६१ हजार १७७ मा ३० करोड ९४ लाख ४७ हजार ४८१ खर्च भएको बताउनुभयो ।
यस्तै पुँजीगत तर्फ कुल बिनियोजित बजेट ३६ करोड ४० लाख ३०० मा ७ करोड ८४ लाख ६३ हजार ९३ खर्च भएको बताउनुभयो ।
६ महिनामा आन्तरिक राजश्व ६ करोड रुपैँया हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५२ लाख ५७ हजार मात्रै संकलन भएको र मालपोत तर्फको राजश्व बाँडफाँडको रकम २ करोड हुने अनुमान गरिएकोमा हालसम्म ६० लाख ३३ हजार प्राप्त भएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
नगरसभाले संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरु स्वीकृत गर्दै पारित गरेको छ।
असारको नगरसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरपालिकाले हिउँदे अधिवेशनबाट केहि योजनाहरु संशोधन समेत गरेको छ । सभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गनुभएको थियो।
उहाँले देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय नगरको रुपमा विकासको गति अघि बढाइरहेको बतानुभयो। प्रमुख ढुंगानाले इमान्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
यस्तो छ,नगपमुख भीमपसाद ढुंगानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको समिक्षा पतिवेदन :
नगपमुख भीमपसाद ढुंगानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको समिक्षा पतिवेदन
यस्तो छ,नगर उपप्रमुख दिपक विश्वकर्माले प्रस्तुत गर्नुभएको संसोधित बजेट तथा कार्यक्रम :
नगर उपप्रमुख दिपक विश्वकर्माले प्रस्तुत गर्नुभएको संसोधित बजेट तथा कार्यक्रम
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |