

धादिङ । धादिङबेशीको भैरवी वचत तथा ऋण सहकारी संस्था लि.ले २३ औँ स्थापना दिवस मनाएको छ ।
आईतबार नीलकण्ठ–३ धादिङबेशीस्थित भैरवी सदनमा प्रगती समिक्षा कार्यक्रम गरी साकोसको २३ औँ स्थापना दिवस मनाइएको हो।

स्थापनाको लागि वोलाईएको पहिलो भेला भएको दिनलाई स्थापना दिवसको रुपमा मनाईएको साकोस महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो ।
साकोसले हाल ३ करोड ७ लाख १० हजार चार सय रुपैयाँ शेयर पूँजी संकलन गर्न सफल भएको र संस्थाको जगेडा कोषमा १ करोड ६३ लाख ५१ हजार ५ सय २३ रुपैयाँ, अन्य कोषमा २ करोड २७ लाख ६९ हजार ८ सय २५ रहेको श्रेष्ठले बताउनुभयो ।

सहकारीले विगतमा मुनाफाबाट ०.५ प्रतिशत ५१ हजार ५ सय एक रुपैयाँ भैरवी मन्दिर निर्माणका लागि हस्तान्तरण गरेको, बिचबजार चौतारा निर्माणका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको , रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण लगायतका सामाजिक कार्य गर्दै आएको उहाँको भनाई छ।
कार्यक्रममा संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले संस्थामा शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको बताउनुभयो ।

संस्थाले शेयर सदस्यको माग र आवश्यतालाई मध्यनजर गरी विहान साढे ९ वजेदेखि सेवा शुरु गर्दैै आएको र शेयर सदस्यको स्वास्थ्य उपचार तथा सदस्यको मृत्यु भएको खण्डमा मृतकका परिवारलाई सहयोग प्रदान गर्न छुट्टा छुट्टै कोषको व्यवस्था गरेको बताउनुभयो ।
धादिङवेसी आसपासका नागरिकको आर्थिक तथा सामाजिक विकास गराई आत्मनिर्भर बनाउने अभिप्रायले २०५७ फागुन ६ गते १ सय ५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष इश्वरकुमार श्रेष्ठले बताउनुभयो ।

भैरवी साकोसलाई नेपाल सरकार आन्तरिक राजश्व कर कार्यालय गल्छिले धादिङ जिल्ला भित्रका वैंक तथा वित्तिय संस्थामध्ये बढि कर बुझाउने संस्थाको रुपमा पुरस्कृत गरेको थियो भने जिल्ला बचत संघले असल वचत गर्ने संस्थाको रुपमा सम्मान समेत गरेको थियो ।
नीलकण्ठ नगरपालिकाको १४ वटै वडा र सिद्धलेक गाउँपालिकाको १ र २ नम्वर वडामा सेवा प्रवाह गर्दै आएको साकोसमा हाल २ हजार ५२६ शेयर सदस्य रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |