Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२१ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ महिना अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि

१८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा, राजमार्गमा चक्काजाम देखी धर्ना तथा विरोधका कार्यक्रम घोषणा

  • बागमती कलम
  • ३६६ पटक पढिएको
  • प्रकाशित मिति: २०८० फागुन १५, मंगलबार (२ साल अघि)
१८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा, राजमार्गमा चक्काजाम देखी धर्ना तथा विरोधका कार्यक्रम घोषणा

धादिङ । १८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् ।दूधको बाँकी रकम भुक्तानी र मिल्क होलिडेको अन्त्य गर्नुपर्ने लगाएतका माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार किसानहरुले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका छन् ।

अखिल नेपाल किसान महासंघ धादिङ, राष्ट्रिय किसान सञ्जाल र दुग्ध उत्पादक सहकारी संघ धादिङले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

धादिङमा ३ करोड रुपैयाँ किसानको दूधको मूल्य भुक्तानी गर्न बाँकी रहेको अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष विष्णुहरी लम्सालले जानकारी दिनुभयो ।

दूध किसानहरुले दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

दूधको खरिद मूल्य निर्धारण गरिएकोमा विक्रिमूल्य पनि निर्धारण गर्न, पाउडर दूध उत्पादन गरी हाल कायम मिल्क होलिडे अन्त्य गर्न, दूध र दूधजन्य पदार्थको बजार व्यवस्थापन गर्न, नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूधको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गर्न, विद्यालय खाजामा दूधको उपयोग गर्न किसानहरुले बुझाएको ज्ञापनपत्रमा माग गर्दै पशुविमा र रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन समेत सरकारसंग माग गरिएको आन्दोलनमा सहभागी अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष विष्णुहरी लम्सालले बताउनुभयो ।

मुलुकमा दैनिक ३० हजार घरपरिवारले ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको छ । दूध र दुग्धजन्य पदार्थको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा योगदान ६ प्रतिशत रहेको छ ।

विगत केही समयदेखि यहाँ उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर दूध बिक्री वितरण भएको छैन । छिमेकी मुलुक भारतबाट अवैध रुपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको कारण नेपाली किसानले उत्पादन गरेको दूध बिक्री भइरहेको छैन ।

लम्पी स्किन रोगको महामारीका कारण ६९ हजार भन्दा बढी पशुहरू मरेको र १५ लाख ३६ हजार १ सय ८० पशुहरू संक्रमित भएकोमा दूधको अभाव हुने अनुमान गरिएकोमा यति छोटो समयमा मिल्क होलिडे हुने अवस्था सिर्जना हुनुले भारतबाट अनौपचारिक रूपमा दूध आयात भइरहेकाले विदेशबाट दूधजन्य पदार्थको आयात बन्द गर्नुपर्ने किसानहरुको माग छ ।

हाल नेपालमा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले किसानलाई भुक्तानी दिन बाँकी छ ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले स्थानीय रुपमा प्रशासनले गर्ने काम गर्ने र बाँकी नीति तथा माथिल्लो निकायबाट गर्ने काम गर्न ज्ञापनपत्र पठाउने बताउनुभयो ।

किसानहरुले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् ।जसअनुसार मुख्य राजमार्गहरूमा शान्तिपूर्ण रूपमा चक्काजाम गर्ने, प्रतिनिधि सभा र राष्ट्रियसभाका माननीय सदस्यहरूलाई बुझाउने, माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर जारी राख्ने लगाएतका छन् ।

यस्ता छन् किसानका मागहरूः
१. दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् ।
२. नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाइयोस् ।
३. भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गरियोस् ।
४. दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गरियोस्।
५. बिक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट रोकियोस्।
६. नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दुग्ध तथा दग्ुधजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गरियोस् ।
७. नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूधको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरियोस् र त्यहाँ नेपाली किसानबाट उत्पादित दूध र दुग्धजन्य पदार्थ खरिद गरियोस् ।
८.बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने दूधलाई बिद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रममा समावेश गरियोस् । यस कार्यक्रमलाई सफल पार्न नेपाली कृषकबाट उत्पादित दूध खरिद गरियोस् ।
९.लम्पी स्किन रोगबाट पशुमा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत सहज र सरल बिधिबाट उपलब्ध गराईयोस् साथै पीडित किसानलाई राहत र पुर्नस्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याईयोस् ।
१०. बीमित किसानहरूको शत प्रतिशत बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरियोस्। भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही गरियोस् ।
११. सरकारले भुक्तानी गर्नुपर्ने अनुदान बीमाको रकम यथाशीघ्र उपलब्ध गराई बीमित किसानको बीमा रकम भुक्तानी गरियोस् र अनुदान बीमा सुचारु गरियोस् ।
१२. निम्न आय भएका नागरिकलाई आधार कार्ड प्रदान गरी निःशुल्क तथा न्यून मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरियोस् ।
१३. लागत मूल्य घटाउने कार्यक्रम अन्तर्गत दूधमा कम्तिमा रु.५ (पाँच) सबै प्रदेशमा किसानलाई अनुदान दिइयोस् साथै पशु आहार, औषधी लगायतका पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य बृद्धि अविलम्ब नियन्त्रण गरियोस् ।
१४. निर्यात गरिने दुग्धजन्य पदार्थमा अनुदान व्यवस्था गरियोस् ।
१५. अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि छिमेकी मुलुक तथा अन्य देशहरूसँग कुटनीतिक पहल गरी दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यात गर्ने व्यवस्था मिलाइयोस् ।
१६. कानुनद्वारा समग्र कृषि उत्पादनहरूको समर्थन मुल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।
१७. किसानले प्रयोग गर्ने विद्युत महशुलमा छुट गरियोस् ।
१८. संघीय सरकार र प्रदेश सरकारले सञ्चालन गरेका दुग्ध प्रशोधन केन्द्रहरू अविलम्व सञ्चालनमा ल्याइयोस् ।

आन्दोलनका कार्यक्रम
२०८० साल फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरूमा शान्तिपूर्ण रूपमा चक्काजाम गर्ने ।
२०८० साल फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका माननीय सदस्यहरूलाई बुझाउने ।
२०८० साल फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर जारी राख्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २१ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution