

धादिङ । ज्वालामुखी गाउँपालिकामा आजदेखि दोस्रो चरणको बजार अनुगमन सुरु भएको छ ।
बजार अनुगमन समितिका संयोजक सुजन श्रेष्ठ, अनुगमन समितिका सदस्यहरु,सुरक्षाकर्मी र संचारकर्मी लगायतको टोलीले पालिकाको वडा नम्बर २ र ५ का बजार क्षेत्रहरुबाट दोस्रो चरणको अनुगमन थालेको हो ।
गाउँपालिका भित्र भित्रिने खाद्य वस्तुहरुको गुणस्तर,परिमाण र त्यसले सेवाग्राहीमा पार्ने प्रभावहरुलाई अनुकुल बनाउनुका साथै अखाद्य वस्तुहरुको उपभोगलाई निरुत्साहित गर्नको लागि पालिकाले बजार अनुगमनलाई तीव्र बनाएको अनुगमन समितिका संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
आज अनुगमनको क्रममा खाद्यन्न तथा किराना पसल, होटल, फेन्सी पसल, तरकारी, फलफूल, मासु, मिठाई पसल, डेरी फार्मेसिहरुको दर्ता, नविकरण, गुणस्तर, आपूर्ति, मुल्य, नापतौलको परिक्षण गर्नुका साथै म्याद नाघेका खाद्य सामग्री जफत गरिएको श्रेष्ठले बताउनुभयो।

साथै मूल्य सूची, साइनबोर्ड, व्यवसायदर्ता तथा नविकरण लगायतका नियमहरु पुरा नगरेका पसलहरुलाई तत्काल पालिकामा उपस्थित भई निर्देशन पालना गर्न आग्रह समेत गरिएको उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |