

धादिङ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सुरु भएको छ।
जिल्ला होटल संघ धादिङको आयोजना तथा हिमालयन बियरको मुख्य प्रायोजनमा बिहिबारदेखी त्रिशुली किनार र पृथ्वी राजमार्गको विचमा रहेको गलौदी खेल मैदानमा महोत्सव सुरु भएको हो।
महोत्सवको बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जम्कट्टेलले कृषिमा आत्मनिर्भर तथा पर्यटनलाई जोड दिनु पर्ने बताउनुभयो।उहाँले जिविकोपार्जन भन्दा कृषिलाई व्यवसायिक रुपमा लगेर पर्यटनलाई सँगसँगै जोड्न सके धादिङको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो।
तर कृषि मन्त्री पाएको धादिङले धादिङमै आयोजना भएको कृषि महोत्सवमा न कृषिजन्य उत्पादन पायो न उद्घाटन समारोहमा कृषि मन्त्री ।
गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाक्रेको उखु लगायतका उत्पादनले प्रसिद्ध रहेका छन्।
तर महोत्सवको नाममा दर्शकलाई ठग्ने गरेको महोत्सवमा भेटिएकी संगिता डल्लाकोटी बताउनुभयो।होटलहरुमा विभिन्न परिकार रहेपनि रैथाने परिकारको स्वाद चखाउने एउटै परिकार छैन’ उहाँले गुनासो पोख्नुभयो।
महोत्सवको त्यस्तै कुनै परिकार नपाएपछि उद्घाटन समारोहमा पुग्ने अतिथि र दर्शकले समेत महोत्सवको खिल्ली उडाएका छन्।‘महोत्सवमा कृषिजन्य उत्पादनको एउटा स्टल राखिएको छ । त्यसमा पनि एउटा बन्दा, एउटा मकै र एउटा खुर्सानीको बोट मात्रै रहेको छ ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले महोत्सवको नाम अनुसार रैथाने खाना तथा कृषिजन्य उत्पादन राखिनु पर्ने बताउनुभयो।
‘महोत्सवमा रैथाने खाना तथा कृषिजन्य उत्पादन देखिएको छैन । धादिङमा झार्लाङको आलु, सल्यानटारको मास, थाक्रेको उखुु लगायत यस्ता थुप्रै उत्पादनहरु नेपालमा प्रख्यात छन्’ उहाँले भन्नुभयो,‘बाहिरबाट आएका सामानहरु मात्र स्टलमा छन् । यस्ता सामाग्रीहरु बजारमा जुनकुनै बेला पाइन्छ । कम्तिमा ४०/५० प्रतिशत स्टलहरुमा धादिङको उत्पादन तथा रैथाने खानेकुरा रहे महोत्सवले धादिङको कृषि, पर्यटन तथा सिंगो धादिङको व्यापार तथा विकासमा सहयोग पुग्नेछ।’
महोत्सव उद्घाटन समारोहमा शुभकामना दिने प्रायः सबैले रैथाने खानेकुरा, स्थानीय कृषिजन्य उत्पादन, पर्यटन क्षेत्रलाई सहयोग पुग्ने खालका स्टलहरु राख्न सुझाव दिएका छन् ।
आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सिमित बनेको हो ।
उद्घाटन पुर्व हुने झाँकी र्यालीको रौनक त थिएन नै उद्घाटन कार्यक्रमको मन्चमा चमक देखिएन ।
‘न उद्घोषकले बोलाईरहेका अतिथिहरुको अनुहारमा हर्ष न आयोजकको अनुहारमा चमक । उद्घाटनकै बेला महोत्सव स्थल पुगेका दर्शक, महोत्सव प्रवेशद्वार देखि मन्च अगाडिसम्मको स्टल र आसपासको चहलपहल देख्दा लाग्थ्यो- ‘कुनै समुहको भेला भैरहेको छ ।’
उद्घाटन समारोहमा आउने अतिथिलाई विभिन्न जातजाति र ठाउँ विशेषका रैथाने खाना चखाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएपनि त्यस्ता खानेकुराको कुनै परिकार छैनन् ।
कृषि उत्पादन र घरेलु उत्पादनका सामाग्री त देख्नै पाइदैन। करिब एक सय भन्दा बढी स्टल राख्ने तयारी देखिएपनि ठेकेदारले थापेका केही होटल र विदेशी कपडा र भाडाकुडाका गरि जम्माजम्मी २० वटा स्टल छन् ।
माछाले प्रख्यात मलेखुकै माछाका परिकार पनि महोत्सव स्टलमा छैनन् । ८० प्रतिशत स्टलहरु खाली रहेका छन् ।
परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्यले सुरु भएको महोत्सवको संरक्षकको रूपमा गजुरी गाउँपालिका रहेको छ।
महोत्सव २४ गतेसम्म चल्नेछ ।
हेर्नुहोस् महोत्सवको उद्घाटनका केहि तस्बिरहरु








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |