

धादिङ । नीलकण्ठ नगरपालिका-३ स्थित धादिङबेसीमा सञ्चालित त्रिमूर्ति मोबाईल हाउसले नयाँ शाखा विस्तार गरेको छ ।
धादिङबेसी विच बजारमा त्रिमूर्ति स्टोरको रुपमा नयाँ शाखा विस्तार गरेको हो । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि नयाँ शाखा त्रिमूर्ति स्टोर विस्तार गरिएको प्रोपाइटर इश्वर श्रेष्ठले बताउनुभयो।

शाखा विस्तारसँगै अहिले ल्यापटप पनि थपेको र मोबाईल, ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइने उहाँले बताउनुभयो ।
२०६९ सालदेखि सुरु भएको त्रिमूर्ति मिलनटोल, विचबजार र पुछारबजारसहित तीन स्थानबाट सेवा प्रवाह भइ रहेको उहाँको भनाई छ ।मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको प्रोपाइटर श्रेष्ठले बताउनुभयो।
शाखा विस्तारका क्रममा विभिन्न खेल खेलाउदै ग्राहक तथा सहभागीहरुलाई उपहार समेत वितरण गरिएको छ ।
यस अघि त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो ।
उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |