

धादिङ । सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भिर आपत्ति जनाउदै नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङले जिल्ला प्रशासन कार्यालय धादिङलाई सयुक्त ज्ञापन पत्र बुझाएको छ ।
सोमबार संघका अध्यक्ष कुमार विश्वकर्माको नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो ।
हालै नेपाल सरकारद्धारा २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनाको व्यवसायमा गरिएका थप व्यवस्था प्रति संघको आपत्ति रहेको भन्दै संयुक्त ज्ञापन पत्र बुझाएको हो ।
गर गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर प्रति आपत्ति रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
भारतमा भन्दा नेपालमा सुनको गहना मुल्य ४ प्रतिशतले अर्थात करिव ८ हजार प्रति तौलको फरक हुने र हिरा जवाहरातका गहनामा भारतमा बढिमा ४.२६ प्रतिशत (जिंएस टि र अन्य शूल्क सहित) रहेकोमा नेपालमा १३ प्रतिशत भ्याट लागू भए पछि मूल्यमा ठूलो अन्तर भई यसले नेपालको तराई क्षेत्रका बजार मात्र प्रभावित नभई सिंगो देशकै बजार प्रभावित हुने भई यसले देशको सुनचाँदी बजार धरासायी हुने निश्चित भएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ,सुनचाँदी तथा हिरा-पत्थर जडित गहनाको कारोबारमा फिर्ता विक्री ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न विक्री मूल्य र खरिद मूल्यमा कम भन्दा कम फरक हुनुपर्दछ । तर, करको यो नयाँ संरचनाले त्यसमा ठूलो बाधा पुर्याउने निश्चित प्रायःदेखिन्छ ।सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिल्यै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ।
यसबाट लाखौं व्यवसायी तथा कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने छ ।ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले आफुले यि मागहरूलाई सम्वन्धित निकायमा पुर्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |