

धादिङ । धादिङका विभिन्न स्थानमा अनुगमन जारी छ।
जिल्ला अनुगमन समितिले बुधबार पृथ्वी राजमार्ग स्थित धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा ५ वटा हाेटल जरिवानामा परेका छन्।
१४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताउनु भयो।
अनुगमन टोलीले फाष्ट एण्ड इजि क्याफेलाई १० हजार, साथिभाई खाजाघर एण्ड होटललाई २५ हजार, ग्रीन गाड्रेन होटल धार्केलाई २५ हजार, आँधीखोला होटल धार्केलाई ५० हजार र न्यु आँधीखोला होटल धार्केलाई ५० हजार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो।
होटलहरुमा सरसफाइमा लापरवाही, बिना दर्ता सञ्चालन, म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको, खरिद–बिक्रीमा बिल नबनाइएको तथा अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढी मूल्य लिएको जस्ता अनियमितता फेला पारेकाले जरिवाना गरिएको उहाँको भनाइ छ।

अनुगमन टोलिले विभिन्न किराना पसलमा फेला परेका म्याद गुज्रिएका सामानहरू संकलन गरी नष्ट गरेको जिल्ला अनुगमन सद्स्य सचिव चुडामुणि पुरिले जानकारि दिनुभयाे ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीमा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरी, राजेन्द्र प्रसाद कोइराला, नन्दराज जोशी, उपभोक्ता हित संरक्षण मञ्चका सदस्य शिवराज सापकोटा लगायत सहभागी थिए।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |