

धादिङ । धादिङका सुनचाँदी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना कार्यक्रम गरेका छन् ।
सरकारले सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् ।
सोही आन्दोलनको क्रममा आईतबार धादिङका व्यवसायीहरुले प्रशासनको गेटमा धर्ना दिएको व्यवसायी गणेश बराईलीले जानकारी दिनुभयो ।
धर्नामा सहभागी व्यवसायीहरुले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर” जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ ।
कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् ।
असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।
यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ।
हेर्नुहोस् भिडियो……….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |