शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् ।
पूजा तामाङले विदेश राइट्सका लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा फिल्म प्रदर्शनको हक पूजाको हातमा हुनेछ । नेपालबाहेकका अन्य देशमा फिल्म प्रदर्शन गर्न चाहनेले पूजासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको फिल्मको नेपाल प्रदर्शन मिति केही दिनमा तय हुनेछ । केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण प्रचारमा जुट्नेछ ।
रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । एलिनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्दै छिन ।
विनोद सापकोटाको छायांकन रहेको फिल्ममा टंक बुढाथोकी÷उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।
काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् ।
एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । फिल्मको निर्मातामा मिथुन भोटे रहेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |