धादिङ,०८ माघ ।
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा राजाराम डंगोल निर्विरोध चयन हुुनुभएको छ ।
शनिबार धादिङमा भएको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट डंगोलको अध्यक्षतामा २३ जना कार्यसमिती चयन गरेको हो । कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा रजनी लामा,प्रथम उपाध्यक्ष राजाराम खकुराल, महिला उपाध्यक्ष दुर्गा बिडारी, उपाध्यक्ष रवी भट्टराई, इन्द्र मगर,एमजी तामाङ,सचिव एसोधा बिडारि चयन हुनुभएको छ ।
त्यस्तै सह–सचिवमा नबराज काप्री(धादिङ्गे भाले),देबि सिटौला, प्रवक्ता बिकास घिमिरे,कोषाध्यक्ष दशरथ डंगोल,सह–कोषाध्यक्ष माया लामा र सदस्यहरुमा असोक रोज रेग्मी,किसन बिनायक, दिपेन्द्र कुलु, दिपक खड्का, बिपना अधिकारी,भगवती थापा, सीता सुवेदी,सुमन बि टि, दिपक बराल र आँसु थापा मगर चयन भएका छन् ।
निबर्तमान अध्यक्ष रुपक परियारको अध्यक्षतामा भएको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जंग शाहको प्रमुख आतिथ्य तथा अमृत खाती, उमा श्रेष्ठ, शोभा पाठक र सुरेस आचार्यको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बिबिध साँस्कृतिक कार्यकम भएको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |