धादिङ,०८ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुन १२ गतेदेखि धादिङबेशीमा हुदैँछ ।
यही फागुन १२ देखि १४ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको उद्घाटन नेपाल सरकारका उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशका उपाध्यक्ष एवम् महाधिबेशन प्रचारप्रसार समितिका संयोजक कृष्ण ढकाल (शिशिर)ले जानकारी दिनुभयो ।
१२ गते उद्घाटनका दिन धादिङबेशी पुछारबजारबाट बिभिन्न प्रकारको झाँकी सहित कलाकारहरुको ¥याली हुने संयोजक ढकालले बताउनुभयो । महाधिवेशनमा सहभागि हुन आउने ख्यातिप्राप्त कलाकारसहित देशभरबाट आउने प्रतिनीधिहरुका लागि धादिङबेसी,मलेखु र गजुरीका होटलहरु समेत बुक गरिसकिएको उहाँको भनाई छ ।
चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठानको हालको उपाध्यक्ष धादिङ नीलकण्ठ नगरपालिका–२ की रिता थापा मगरले आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। महाधिबेशनमा एक करोडभदा बढी खर्चहुने आँकलन गरिएको महाधिबेशन प्रचारप्रसार समितिका संयोजक ढकालले बताउनुभयो ।
केहिसमय अघि प्रतिष्ठानको धादिङ जिल्ला अधिवेशनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय समितिको बैठकले आठौं केन्द्रिय महाधिवेशन धादिङमा गर्ने निर्णय गरेको थियो । तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी निर्वाचित हुनुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |