धादिङ,११ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन भोलि १२ गते शुक्रबारदेखि धादिङबेशीमा हुदैँछ ।
प्रतिष्ठानले बिहिबार धादिङबेशीमा पत्रकार सम्मेलन गर्दै भोलिदेखि हुने ८ औँ महाधिबेशन तथा २२ औँ साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । यही फागुन १४ गते आईतबारसम्म हुने केन्द्रीय महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले गर्ने प्रतिष्ठानले जनाएको छ ।
उद्घाटन सत्र सकेर १२ गते बेलुकी नै उम्मेदवारको टुंगो लगाउने, १३ गते मतदान गर्ने र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताउनुभयो । उद्घाटनका दिन भोलि धादिङबेशी पुछारबजारबाट बिभिन्न प्रकारको झाँकी सहित कलाकारहरुको ¥याली हुने अध्यक्ष बिजीले बताउनुभयो ।
महाधिबेशनमा ७२ जिल्ला स्तरीय समिति,६ प्रदेश स्तरीय समिति,आजीवन सदस्य, मानार्थहरुबाट र केन्द्रीय समिति सहितका गरि एक हजार जना प्रतिनिधिहरु सहभागि हुनेछन् ।प्रतिष्ठानको आगामी अध्यक्षका लागि चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठानको हालको उपाध्यक्ष धादिङ नीलकण्ठ नगरपालिका–२ की रिता थापा मगरले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ।
केहिसमय अघि प्रतिष्ठानको धादिङ जिल्ला अधिवेशनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय समितिको बैठकले आठौं केन्द्रिय महाधिवेशन धादिङमा गर्ने निर्णय गरेको हो ।
२२ बर्षअघि २०५७ सालमा स्थापना भएको लोककला क्षेत्रका कलाकर्मीको छाता संगठन प्रतिष्ठानको ५४ जिल्ला संगठन, ९ उपत्यका समन्वय समिति,९ विदेश शाखा,७२ जिल्ला स्तरीय समिति र ६ प्रदेश स्तरीय समिति रहेका छन्।
प्रतिष्ठानमा २३ हजार ३२२ साधारण सदस्य,२ हजार ७७३ आजीवन सदस्य र २३ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना आवद्ध रहेका छन् । तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी निर्वाचित हुनुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |