धादिङ,१२ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन धादिङबेशीमा शुरु भएको छ । आजदेखी शुरु भएको महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले गर्नुभएको हो ।
उद्घाटनका दिन आज धादिङवेशीको पुछार बजारदेखी खुल्लामञ्चसम्म बजागाजा सहित ¥याली निकालिएको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्ष्यतामा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कटेलको प्रमुख आतिथ्य तथा पूर्वमन्त्री दिलमान पाख्रिन, बागमती प्रदेशका सस्कृति पर्यटन मन्त्री डम्बर तामाङको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश सदस्य मधुकुमार श्रेष्ठ, गोविन्द लम्साल, मायादेवी शर्मा,बिभिन्न स्थानिय तहका प्रमुख,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधिहरु लगाएतको आतिथ्यता रहेको थियो । महाधिवेशनमा अहिले बन्द शत्र शुरु भएको छ । आज नै उम्मेदवारको टुंगो लगाउने, १३ गते मतदान गर्ने र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताउनुभयो ।
महाधिबेशनमा ७२ जिल्ला स्तरीय समिति,६ प्रदेश स्तरीय समिति,आजीवन सदस्य, मानार्थहरुबाट र केन्द्रीय समिति सहितका गरि एक हजार जना प्रतिनिधिहरु सहभागि छन्। सहमती मै नेतृत्व टुङ्गाउने कोशिस भईरहेको अध्यक्ष बिजीको भनाई छ । प्रतिष्ठानको आगामी अध्यक्षका लागि चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठानको हालको उपाध्यक्ष धादिङकी रिता थापा मगर र चर्चित गाएक प्रतिष्ठानको हालका प्रथम उपाध्यक्ष पशुपती शर्माले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ।
केहिसमय अघि प्रतिष्ठानको धादिङ जिल्ला अधिवेशनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै प्रतिष्ठानको केन्द्रिय समितिको बैठकले महाधिवेशन धादिङमा गर्ने निर्णय अनुसार आजदेखी धादिङबेशीमा शुरु भएको हो । यतिबेला धादिङवेशीमा देशभरका लोक दोहोरी कलाकारहरु छन् ।
कलाकारको बाक्लो उपस्थितिले धादिङवेशी बजार कलाकारमय भएको छ । अधिवेशनका कारण यतिबेला धादिङवेशीका होटलहरु कलाकारले भरिभराउ भएपछि होटल व्यवसायीहरु पनि खुशी देखिन्छन् ।
२२ बर्षअघि २०५७ सालमा स्थापना भएको लोककला क्षेत्रका कलाकर्मीको छाता संगठन प्रतिष्ठानको ५४ जिल्ला संगठन, ९ उपत्यका समन्वय समिति,९ विदेश शाखा,७२ जिल्ला स्तरीय समिति र ६ प्रदेश स्तरीय समिति रहेका छन्।
प्रतिष्ठानमा २३ हजार ३२२ साधारण सदस्य,२ हजार ७७३ आजीवन सदस्य र २३ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना आवद्ध रहेका छन् । तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी निर्वाचित हुनुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |