

धादिङ,२४ बैशाख।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले जिल्लाका चार जना श्रष्टालाई सम्मान गरेको छ ।

आईतबार धादिङबेशीस्थित नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन हलमा प्रतिष्ठानद्धारा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा जिल्लाका चार श्रष्टालाई सम्मान गरेको हो ।

प्रतिष्ठानले मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल, उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई सम्मान गरेको हो ।

त्यस्तै कार्यक्रममा जिल्लामा भएको बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिरको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, धादिङ बोर्डिङको कक्षा ६ मा अध्ययनरत छात्रा सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ मा अध्ययनरत छात्र संगम लम्साल तृतीय र चिल्ड्रेनपार्कको कक्षा ६ मा अध्ययनरत छात्र रकिन हमाल सानत्वना भएका छन् ।
यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्सको कक्षा ९ मा अध्ययनरत छात्रा एलिना बानिया प्रथम, पुशपतिको कक्षा ९ मा अध्ययनरत छात्रा कमला घिमिरे द्धितीय, शखांदेवीको कक्ष १० माअध्ययनरत छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्कको कक्षा ८ मा अध्ययनरत छात्रा उपासना लम्साल सानत्वना भएकी छिन् ।
यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठको कक्षा १२ मा अध्ययनरत छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोषका छात्र सुनिल विक द्धितीय, पशुपतिको सन्दिप परियार तृतीय र बालमन्दिरकी शर्मिला गुभाजु सानत्वना भएकी छिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले आफ्नो भुमीमा जन्मिएका श्रष्टाहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
उहाँले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले साहित्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको भन्दै सबैले आफ्नो प्रतिभालाई अगाडी बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वद्री दाहालले भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

दाहालको अध्यक्षतामा भएको समारोहमा नगरपालिकाका मेयर ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |