

धादिङ–राजु स्याम्चेन तामाङ (झ्याप्ले) को नेपाली लोक पप गित जादैछु परदेश सार्वजनिक भएको छ।शुक्रबार काठमाडौको धापासी स्थित एक समारोहका बिच उक्त गितको सार्वजनिक गरिएको हो ।
समारोहमा बरिष्ठ संगीतकार राजु खड्का,बरिष्ठ निर्देशक एम बि गुरुङ, चर्चित एरेन्जर वाङ्च्यु फ्युवा र चर्चित गायक तथा रचनाकार सन्दिप स्याम्चेन तामाङलाई सम्मान गरिएको थियो।
उक्त म्युजिक भिडियोमा शब्द रचना सन्दिप स्याम्चेन तामाङ, लय हस्त तामाङ, आवाज कलमान घिसिङ, संगीत संयोजन वाङ्च्यु फ्युवा तामाङ, निर्देशन एम बि गुरुङ, अभिनय राजु स्याम्चेन तामाङ÷सबिता राई र धानु तामाङ,मेकअप–बिना घले,छायांकन तथा ड्रोन–मरुभुमी नारायण,सम्पादन रोशन धिताल र बजार व्यवस्थापन ओएसआरले गरेको छ।
राजु स्याम्चेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेका पूर्व आर्थिक तथा मामिला योजना मन्त्री एवम संघिय सासद तारा लामा तामाङको प्रमुख आतिथ्य तथा नेकपा एकीकृत समाजबादी निकट युवा संघ धादिङको अध्यक्ष प्रदिप फ्युवा तामाङ, तामाङ म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष,सागर एस वाइबा, बरिस्ठ संगीतकार राजु खड्का,निवर्तमान म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज किङ वाइबा,नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति अध्यक्ष दिपक लोप्चन तामाङ लगायतको उपस्थिति रहेको थियो।
भिडियो…………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |