

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ फिसटारमा खुल्ला कौह्रा नृत्य प्रतियोगिता हुने भएको छ ।
मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले कौह्रा नृत्य प्रतियोगिता गर्ने भएको हो ।
अवसर पारी हरेक बर्ष गर्दै आएको कौह्रा नृत्य प्रतियोगिता यस बर्ष पौष २९ गते आईतबार सिद्धलेकको फिसटार स्थित बंगैचामा हुने नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिनुभयो।
साथै सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रम पनि हुने मगरले बताउनुभयो ।
कौडा नृत्य, वा कौह्रा नाच नेपालमा मगर जातिहरूको पपम्परा अनुसारको लोकप्रिय नाच हो ।
यो नाच धादिङ सहित तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ ।
यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ। फाईल तस्विर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |