

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७,चरौंदीमा ७ औं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ५ गतेदेखि ८ गते सम्म राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०८० हुने भएको हो ।
सोमबार चरौंदीमा प्रतिष्ठानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुहुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताउनुभयो ।
नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मगरले बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने उहाँको भनाई छ ।अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ ।
उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिने, संस्थाको आधिकारिक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिने र प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष मगरले बताउनुभयो ।
कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिव पचास लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
प्रतियोगितामा देश तथा विदेशबाट ४८ समुह सहभागी हुने छन् ।

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुनेले क्रमश तीन लाख, दुइ लाख, एक लाख र पचास हजार पाउने छन् । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक,उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,बागमती प्रदेश सह–आयोजक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल धादिङ स्थानीय व्यवस्थापक रहने प्रतियोगितामा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको प्रमुख प्रायोजन, कार्यक्रमको संरक्षक नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय एवम् बेनीघाट रोराङ गाउँपालिका धादिङ रहेको छ।
कार्यक्रमको प्रबर्द्धकका रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नं ७ साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ।
प्रतियोगीता हेर्न आउने दर्शकसंग कुनै पनि किसिमको शुल्क नलिइने आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |