

धादिङ । कवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ।
धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो ।
शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि लम्साल, साहित्यकार डा.नवराज लम्साल, साहित्यकार बद्रि प्रसाद दाहालले कवितासंग्रहको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा समालोचक डा.रामहरी लम्सालले बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको बताउनुभयो।
कवितासंग्रहमा देशको दुर्गमता, विकट्ताका परिस्थिति र त्यहाँका दुखेसोहरु, भुकम्प लगाएतका विषय समेटिएको उहाँको भनाइ छ । उहाँले कवित्वबाट खारिँदै, समाज दर्शन बन्दै मातृभूमि र माटोको ममता, प्रकृतिको आकर्षण, आशाबादी स्वर भएको कविता संग्रह रहेको बताउनुभयो ।
यस्तै डा.नवराज लम्सालले कवितासंग्रहमा कवि शीरोमणिको कविताको स्वाद दिलाएको बताउनुभयो। डा. लम्सालले चिन्ताको कथा हालेर हालेरमात्र कवि नभईने भएकोले प्रेम र चिन्तन टिपेर लेख्न आग्रह गर्नुभयो । नेपालको साहित्यलाई ईंगिंत गर्दै लम्सालले हामी बोक्राहरुको कुरा लेख्छौँ, किन भित्र छिर्दैनौँ भन्दै प्रश्न पनि गर्नुभयो।
कार्यक्रममा प्राज्ञ तथा व्यंगकार नरनाथ लुईटेलले कुलो, सडक, भवन निर्माण मात्र विका नभई भाषा, साहित्य संस्कृति पनि विकासको रुपमा लिन स्थानिय सरकारहरुलाई आग्रह गर्नुभयो । सृजना अर्याल अधिकारी सिद्धलेकको मात्र नभई देशकै साहत्यकार भएको उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागी कवि तथा साहित्यकारहरुले कविता मार्फतनै कृतिकारको प्रशंसा गर्दै साहित्यिक सफलताको शुभकामना दिएका थिए ।
कवियत्री सृजनाकी आमा लक्ष्मी अर्यालको अध्यक्षतामा भएको लोकार्पण समारोहमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल, बिभिन्न वडाका वडाध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी लगाएतको आतित्यता रहेको थियो ।
कृतिकार सृजनाले कवितासंग्रहलाई आफ्नो चौथो सन्तानको रुपमा लिएको बताउनुभयो ।देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाहक भयावह अवस्थाको चित्रण गरिएको उहाँको भनाई छ ।
१३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सृजना अर्यालले यसअघि ‘सुनको पिजडा’ कवितासंग्रह प्रकाशन गर्नुभएको थियो ।
लोकार्पण समारोहमा भएको कविता वाचन लगाएतको भिडियो :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |