धादिङ,३० असोज ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित रि र गुम्दीमा रहेका चार स्वास्थ्य संस्थामा नयाँ कार्ययोजना निर्माण भएको छ। नागरिकको स्वास्थ्यसेवामा पहुँच पुर्याउने र प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वास्थ्यसंस्थाहरुले स्थानीय सरकारको सहभागितामा कार्ययोजना निर्माण गरेका हुन् ।
रि गाउँमा रहेको ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाइ, रि स्वास्थ्य चौकी, लताव सामुदायिक स्वास्थ्य इकाइ, र गुम्दीमा रहेको चिमचोक सामुदायिक स्वास्थ्य इकाइमा नयाँ कार्ययोजना निर्माण भएको हो।समूदायका मानिसहरुको मूल्यांकन र आवश्यकताको आधारमा समूदायका मानिसहरु सहभागी भएर पहिलोपटक कार्ययोजना निर्माण गरिएको ताजिम्राङका नागरिकहरुले बताएका छन्।
स्वास्थ्य उपचारसेवा प्रभावकारी बनाउने, नियमित स्वास्थ्यकर्मी बस्ने, प्रसूति सेवा संचालन गर्ने, गाउँमा स्वास्थ्य सचेतनाका अभियानहरु संचालन गर्ने, परिवार नियोजन सेवा संचालन गर्ने कार्यक्रम नयाँ कार्ययोजनामा राखिएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बनेको स्वास्थ्यचौकी व्यवस्थापन समिति गठन भएपछि योजना बनाएर कार्यान्वयन गर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बलबहादुर तामाङले बताउनुभयो ।
डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्थाहरुको सामुदायिक अंकपत्र मार्फत कार्ययोजना बनाउन सहयोग गरेको थियो ।कार्यक्रममा स्थानीय समुदायिका मानिसहरुले गाउँमा रहेको स्वास्थ्य केन्द्रहरुले प्रभावकारी सेवा दिएमा मात्र जनताले सेवा पाउनसक्ने भएकोले सेवा प्रभावकारी बनाउन गाउँबासीले समेत सहयोग गर्ने बताएका छन् ।
सामुदायिक अंकपत्रको प्रयोग गरी स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य सेवाको अवस्था मापन गरिएको थियो । तामाङ समुदायको बाहल्य भएको क्षेत्रमा सामुदायिक अंकपत्रले सामुदायिक स्वास्थ्य इकाइहरुमा श्रोत साधनकोकमी भएपनि उपलब्ध स्थानीय स्वास्थ्यकर्मीबाट सेवा प्रवाह राम्रो रहेको र श्रोतसाधन स्वास्थ्यकर्मीको संख्या बढाउन सकेमा स्वास्थ्यसेवा प्रभावकारी हुने गाउँबासीको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |