

धादिङ,२३ माघ ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । गाउँपालिकाको झार्लाङ स्वास्थ्य चौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी र खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको हो ।
स्वास्थ्य संस्थामा आधारभूत औषधिसमेत नभएको सेवाग्राही र स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थामा दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोल लगायतका औषधि नहुँदा उपचारमा समस्या भएको छ ।
स्वास्थ्य सेवाको मूल्याङ्कन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधि रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखहरुले बताएका छन् । वर्षमा एक पटक मात्रै औषधि आउने र बिरामीको सङ्ख्या बढी भएकाले औषधिको अभाव भएको झार्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले बताउनुभयो ।
संस्थामा निःशुल्क वितरण गरिने औषधिमध्ये सिटामोल सकिन लागेकाले बिरामीलाई एक÷दुई चक्की मात्रै दिने गरेको र अन्य नियमित वितरण गरिने औषधि भने माघमै सकिएको स्वास्थ्य चौकीका इन्चार्ज पाठकको भनाई छ ।
स्वास्थ्यचौकीमा देखिएको औषधिको अभावका विषयमा आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलामान तामाङले बताउनुभयो । यसैगरी गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले औषधि अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने बताउनुभएको छ ।
डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्था कार्ययोजना बनाउन सहयोग गरेको थियो । सोही अवसरमा स्वास्थ्य संस्थाको स्वमूल्याङ्कन गरी नियमित औषधि तथा अत्यावश्यक सामग्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्नेमा वडाध्यक्षहरुले जोड दिनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |