धादिङ,०१ फागुन ।
धादिङबेसीमा पोषण सुधार सम्बन्धी तालिम सुरु भएको छ ।
जिल्लाको तिनवटा गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुका लागि सञ्चालित पोषण सुधार सम्बन्धि सातदिने तालिम धादिङबेसीमा आजदेखी सुरु भएको हो । बृहत् पोषण विशेष कार्यक्रम अन्तरगत पोषणमा सुधार गर्न गल्छी, गंगाजमुना र खनियाबास गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि तालिम संचालन गरिएको गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिपक अधिकारीले जानकारी दिनुभयो ।
५ वर्ष मुनिका बालबालिका, सुत्केरी र गर्भवतीहरुको पोषणमा सुधार गर्न, कुपोषण व्यवस्थापन गर्न तथा ज्ञान, सीप र क्षमता विकास गर्न तालिम आयोजना गरिएको अधिकारीले बताउनुभयो ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा, गल्छी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रमणी न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।
गल्छी, गंगाजमुना र खनियाबास गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा काम गरिरहेका कर्मचारीहरुलाई तीन चरणमा पोषण सुधार सम्बन्धी तालिम दिईने योजना गाउँपालिहरुको रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |