

सिताराम अधिकारी
धादिङ,१६ फागुन ।
नीलकण्ठ नगरपालिका–५ गणेशमार्गमा एउटा झुप्रोमा बसोबास गर्ने तत्कालिन अवस्थाका तिन बालबालिकालाई नगद हस्तान्तरण गरिएको छ।दशवर्ष अघि नेपाल समाचारपत्रमा लेखिएको समाचारका कारण संकलन गरिएको नगद ३० हजार ९ सय रुपैयाँ हस्तान्तरण गरिएको हो तत्कालिन अवस्थामा दाताहरुबाट जम्मा भएको रकम बचत गरेर राखेको लांघाली बहुद्धेशिय सहकारी संस्थाले मंगलबार हस्तान्तरण गरेको हो।२०६८ सालमा बाबुको मृत्यु र आमा विदेशमा गएर विरामी परेपछि खान समेतनपाएका तिन जना बालबालिको अवस्थाका बारेमा नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशन गरिएको थियो ।
४१ औँ मगर स्थापना दिवसको अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मगर संघ धादिङले दिनेश राना मगर, दिपक राना मगर र सुमित्रा रानामगरलाई नेपाल मगरसंघका केन्द्रीय उपमहासचिव एकु थापा मगरले रकम हस्तान्तरण गर्नुभयो ।यसैगरि दिनेश रानामगर रसुनिता रानामगरको नाममा लांघाली बहुद्देसिय सहकारीसंस्थामा हस्तान्तरण गरिएको नगद बाहेक ६ हजार ५ सयको सेयर र बचत रकम समेत रहेको छ।
२०६९ बैशाखमा तत्कालिन अवस्थामा बालबालिकाहरुलाई जम्मा भएको रकम नगद समेतहस्तान्तरण गरिएको थियो। बालिकालाई सामाजिक अभियनता सुनिता सुवेदीले पढाइदिनुभएको थियो भने बालकलाई नन्द कुलुले अध्यायन गराउन उद्धार गर्नुभएको थियो।
हाल बालिका कक्षा ११ मा अध्यइान गर्दैरहेकी छिन् भने बालक व्यचलर अध्यायन गर्दै रहेको उनिहरुले बताएका छन् । दिनेश रानामगर र सुमित्रा रानामगरको नाममा कृषि विकास बैँकमाखाता खोलेररकम जम्मा गरिएको थियो ।
यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर २ सोह«घर निवासी भोजबहादुर थापामगरको मृगौला फेल भएकोले मृगौला प्रत्यारोपणका लागि नेपाल मगर संघले संकलन गरेको नगद पीडितलाई हस्तान्तरण गरेको छ ।
विभिन्न दाताहरुबाट उपचारका लागि सहयोग जुटेकोरकम १ लाख ७७ हजार ७ सय ५ रुपैयाँ हस्तान्तरण गरिएको छ । सरकारले उपलब्ध गराउने रकमबाट मृगौला पीडितलाई बचाउन नसकिने भएकाले सहयोग संकलन गरिएको थियो । यहि महिना भोजबहादुरको मृगौला प्रत्यारोपण हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |