धादिङ,१३ चैत ।
धादिङको सिद्धलेक गाउँपालिका–१ को तिनवटा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी र पोशाक वितरण गरिएको छ।
सिद्धलेक गाउँपालिका–१ का समाजसेवी बिलमान शाक्यको पहलमा रोटरी क्लव जर्मन, रोटरी क्लव हिमालयन पाटन र सन अफ लाईटले आईतबार तिनवटा आधारभुत विद्यालयमा अध्ययनरत १५४ जना विद्यार्थीहरुलाई स्टेशनरी र पोशाक वितरण गरेको हो।
जसमा सिद्धलेक–१ बुङचुङमा रहेको नागेश्वरी आविका ९४ जना, पाउनेटारमा रहेको वलदेवी आविका १९ जना, बाँझगरामा रहेको जलेश्वरी आविका ४४ जनालाई कपी, कलम, व्याग र पोशाक ट्रयाक–सुट वितरण गरिएको हो ।
नागेश्वरी आवि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष पेमा लामाको प्रमुख आतिथ्य तथा रोटरी क्लव जर्मनका माईकल फुसारो, रोटरी क्लव हिमालय पाटनका प्रविण अमात्य, सन अफ लाईटका सुरेसमान महर्जनको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडासदस्य भगवान भट्ट, भगवती तिवारी, बिभिन्न विद्यालयका प्रअ तथा शिक्षक, समाजसेवी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष पेमा लामाले सहयोगी संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्दै यो सहयोगबाट विद्यालयका शैक्षिक विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।उहाँले सामूदायीक विद्यालयको शैक्षीकस्तर उकास्न निर्वाचित जनप्रतिनिधिको टिम निरन्तर लागेको बताउनुभयो ।
पोशाक तथा स्टेशनरीले विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुग्ने नागेश्वरी आवि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ थपलियाले बताउनुभयो ।
यस्तै सहयोगी सामाजिक संघसस्थाका प्रतिनिधिहरुले बिद्यालयलाई निरन्तर सहयोग गर्दै जाने वताएका छन् । उक्त कार्यक्रमको संचालन नागेश्वरी आविका प्रअ सिताराम न्यौपानेले गर्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |