

धादिङ,१४ बैशाख।
धादिङको थाक्रे गाउँपालिकाले गाँइ भैसीको ओसारपसारमा रोक लगाएको छ। बिहिबार एक सुचना जारि गर्दै गाँइ भैसीको ओसारपसार नगर्न/नगराउन आग्रह गरेको छ ।
हाल बिभिन्न जिल्लाहरुमा गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज महामारीको रुपमा फैलिएको र पि.सि.आर. विधिबाट केही रोगी पशुहरुको नमुना परिक्षण गर्दा थाक्रेको विभिन्न वडाहरुमा समेत लम्पी स्कीन डिजिज प्रमाणित भएको हुँदा अन्यत्र जिल्ला/पालिकाबाट थाक्रे गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन सूचनामा भनिएको छ ।
साथै सूचनालाई अटेर गरि गाँइ भैसीको ओसारपसार जस्ता क्रियाकलापहरु गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने सुचनामा उल्लेख गरिएको छ।
लम्पी स्किन गाइवस्तुमा लाग्ने एक प्रकारको बिफोर जस्तै रोग हो । यो रोग विश्वमा पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलक जाम्बियामा देखिएको थियो ।
नेपालमा पहिलो पटक २०७७ सालमा देखापरेको यो संक्रमण हाल ४९ वटा जिल्लामा फैलिसकेको छ ।
साथै यो रोग २०२२ मा पाकिस्तान र भारतमा समेत महामारीको रुपमा देखिएको थियो । नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दर हरैँचा नगरपालिकामा लम्की स्किन रोग देखा परेको थियो ।
त्यसयता यसको संक्रमण पूर्वबाट पश्चिम र सुदुरपश्चिमतर्फ फैलिरहेको छ । यसको संक्रमणबाट अहिलेसम्म १४ हजार भन्दा बढि गाई, भैँसी र गोरु संक्रमित भएका छन् भने १२ सय भन्दा बढि गाइवस्तु मरेका छन् ।
लम्पी स्किन संक्रमणबाट हुने मृत्युदर १ देखि ३ प्रतिशतको हारहारीमा मात्र हने पशु विशेषज्ञहरु बताउँछन् । यो रोगबाट मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउने जस्ता समस्या निम्त्याउँछ ।
लम्पी स्किन संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा आउने, देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने जस्ता समस्या देखिन सक्छ ।
यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने गर्दछ । पछिल्लो समय नेपालमा लम्पी स्किन संक्रमण बढ्दै गएका कारण यसको संक्रमणबाट गाईवस्तलाई जोगाउन गोठको सरसफाईमा ध्यान दिनुपर्ने तथा चरनबाट पनि सर्ने भएकाले सजग हुनुपर्ने पशुसेवा विभागको आग्रह छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |